अफगानिस्तानको काबुल विमानस्थलमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ।विमानस्थलमा भागदौड मच्चिँएको कारण विमानस्थल क्षेत्रबाट टाढा रहनको लागि संयुक्त राज्य अमेरिकाले आफ्नो देशको नागरिकहरूलाई अपिल गरेका छन्।
विद्रोही लडाकू समूहले अफगानिस्तानका सबै प्रान्त कब्जा गरिसकेपछिको अवस्थामा संयुक्त राज्य अमेरिकाले जुनसुकै समयमा पनि आइएसले आक्रमण गर्नसक्ने चेतावनी दिएका छन्। त्यससँगै बेलायतले तालिवानसँग मिलेर काम गर्ने बताएका छन्। बेलायतका प्रधानमन्त्री वोरिस जोन्सनले अफगानिस्तानको तालिबान सरकारसँग मिलेर काम गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको हो। प्रकाश कपाली (सम्वाददाता )