Nepal Jana Khabar
हरेक जनताको खबर
१८ बैशाख २०८१, मंगलवार

उज्यालो नेपालका नायक कुलमान घिसिङको अवसर र चुनौतीहरु

अन्धकार जगतमा रहेका नेपाली जनतालाई २४ घण्टाको लोडसेडिङको अन्त्य गर्दै कुलमान घिसिङ

अन्धकार जगतमा रहेका नेपाली जनतालाई २४ घण्टाको लोडसेडिङको अन्त्य गर्दै कुलमान घिसिङले उज्यालोको आभास दिलाउन सफल भएसँगै उनी नेपाली जनताको मनमुटुमा बस्न पनि सफल भएका छन्। स्रोत र साधनको उच्चतम प्रयोग गर्दै उनले घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामूलक बनाउनु आफैँमा चुनौतीपूर्ण कार्य रहेको थियो।

उज्यालो नेपालका नायक कुलमान घिसिङको अवसर र चुनौतीहरु।

तर उनले प्राधिकरणलाई नाफामा पुर्याउनुको साथै २४ घण्टे लोडसेडिङको अन्त्य आफैंमा एक अनुकरणीय कार्य थियो।४ वर्ष पहिलो कार्यकाल सकेर विदाई भएका उनलाई सरकार परिवर्तन भएसँगै उनको आवश्यकता नयाँ सरकार र देशले गरेपछि प्रथम कार्यकालको पदमुक्त भएको ११ महिनापछि फेरि उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको भूमिकामा ४ वर्षसम्मको जिम्मेवारी पाएको छ। उज्यालो नेपालका नायक कुलमान घिसिङको आगमनसँगै नेपाली जनता खुसी भएका छन् र वर्तमान सरकारलाई धन्यवाद पनि प्रकट गरेका छन्।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

दोस्रोपटक नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको भूमिका सम्हालेका कुलमान घिसिङलाई पुर्ण एकपटक काम गर्ने अवसर मिलेको छ। विद्युत प्राधिकरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै जलविद्युत उत्पादनमा जोड दिएर काम गर्न पाउनु यो महत्त्वपूर्ण अवसर हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यरत रहने सिलसिलामा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्ददेव शाक्यले सर्वोच्च अदालतमा आफ्नो कार्यकाल नसकिँदै कुलमान घिसिङलाई नियुक्त गरेकोमा नेपाल सरकार र कुलमान घिसिङ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्च अदालतमा रिटका विषयमा सुनुवाई जारी रहिरहँदाको अवस्थामा सर्वोच्च अदालतले यदि विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्ददेव शाक्यको पक्षमा पैसालाई फैसला गरेमा घिसिङको पद स्वतःगुम्ने चुनौती छ।

जसको कारण विद्युत प्राधिकरणका कार्यहरु ठप्प हुने हो कि भन्ने चिन्तामा रहेको छ।प्रकाश कपाली ‌(सम्वाददाता )

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.