Nepal Jana Khabar
हरेक जनताको खबर
२८ असार २०८३, आईतवार

अमेरिकामा नेपालको सशक्त आवाज: आइजीपी दानबहादुर कार्कीले विश्व प्रहरी सम्मेलनलाई गरे सम्बोधन।

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजित विश्व प्रहरी सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्मेलनमा सम्बोधन गर्दै आइजीपी कार्कीले विश्वव्यापी रूपमा बढ्दो साइबर अपराध, मानव बेचबिखन, लागुऔषध ओसारपसार, सीमापार अपराध तथा आतंकवादजस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, सूचना आदानप्रदान र आधुनिक प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य रहेको बताएका छन्। उनले नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान तथा व्यावसायिक प्रहरी सेवामा हासिल गरेका अनुभव र अभ्यासबारे पनि सम्मेलनमा जानकारी गराएका छन्। विश्वका विभिन्न मुलुकका प्रहरी प्रमुख, सुरक्षा अधिकारी तथा विज्ञहरूको सहभागिता रहेको उक्त सम्मेलनमा आइजीपी कार्कीको सम्बोधनले नेपालको सुरक्षा अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको भन्दै यसको सकारात्मक चर्चा भएको जनाइएको छ। नेपाल प्रहरीका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विभिन्न देशका सुरक्षा निकायबीच अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजित विश्व प्रहरी सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्मेलनमा सम्बोधन गर्दै आइजीपी कार्कीले विश्वव्यापी रूपमा बढ्दो साइबर अपराध, मानव बेचबिखन, लागुऔषध ओसारपसार, सीमापार अपराध तथा आतंकवादजस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, सूचना आदानप्रदान र आधुनिक प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य रहेको बताएका छन्। उनले नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान तथा व्यावसायिक प्रहरी सेवामा हासिल गरेका अनुभव र अभ्यासबारे पनि सम्मेलनमा जानकारी गराएका छन्। विश्वका विभिन्न मुलुकका प्रहरी प्रमुख, सुरक्षा अधिकारी तथा विज्ञहरूको सहभागिता रहेको उक्त सम्मेलनमा आइजीपी कार्कीको सम्बोधनले नेपालको सुरक्षा अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको भन्दै यसको सकारात्मक चर्चा भएको जनाइएको छ। नेपाल प्रहरीका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विभिन्न देशका सुरक्षा निकायबीच अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि तथा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.