काठमाडौ । भारतको सफल प्रधानमन्त्री नरेन्द्र मोदीको नाम तथाकथित ‘एप्सटीन फाइल’सँग जोडेर बदनाम गर्ने प्रयास भएको खुलासा भएको छ। उक्त फाइलमार्फत फैलाइएको भ्रमपूर्ण सामग्रीले भारतको मिडियालाई समेत प्रभावित पारेको देखिएको छ। जानकारहरूका अनुसार प्रमाणविहीन र अपुष्ट सूचनालाई आधार बनाएर प्रधानमन्त्री मोदीको छवि धमिलो पार्ने उद्देश्यले यो फाइल प्रचारमा ल्याइएको हो। सामाजिक सञ्जाल तथा केही मिडिया प्लेटफर्ममार्फत फैलाइएको सामग्रीले गलत सन्देश फैलाएको भन्दै आलोचना भइरहेको छ। विश्लेषकहरूले यस्तो गतिविधि योजनाबद्ध बदनाम अभियानको हिस्सा हुन सक्ने बताएका छन्। उनीहरूले तथ्य जाँच नगरी सामग्री प्रकाशित गर्नु मिडियाको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने विषय भएको उल्लेख गरेका छन्। सरकार पक्षधर स्रोतहरू भने प्रधानमन्त्री मोदीविरुद्ध फैलाइएका आरोप निराधार र राजनीतिक स्वार्थबाट प्रेरित भएको दाबी गर्छन्। यस्ता भ्रमपूर्ण सामग्रीप्रति सतर्क रहन र आधिकारिक स्रोतबाट मात्रै सूचना लिन नागरिकलाई आग्रह गरिएको छ।
ट्रेनडिंग