Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले दिएको अभिव्यक्तिले धर्म र सम्प्रदायमाथि ठुलो क्षति पुगेको भन्दै जनतामा गुनासो उठेको छ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले दिएको अभिव्यक्तिले धर्म र सम्प्रदायमाथि ठुलो क्षति पुगेको भन्दै जनतामा गुनासो उठेको छ। उनले “सबैले मटन खानु हुन्छ तर गाई खानु हुँदैन” भनेको अभिव्यक्तिले धार्मिक संवेदनशीलतालाई चोट पुर्याएको जनाइएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उच्च छवि भएका व्यक्तिहरू समेत उक्त अभिव्यक्तिपछि सामाजिक दबाब र आलोचनाको सामना गर्दै सिर निहुराउन बाध्य भएको बताइएको छ। राजनीतिक विश्लेषकहरूले यस्तो अभिव्यक्तिले पार्टीको समग्र छविमा समेत नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। हालसम्म खगेन्द्र सुनार वा पार्टीको आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.