काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी निर्वाचनका लागि टिकट बाँडफाँटलाई लिएर शीर्ष नेताहरूबीच अनौपचारिक कसरत तीव्र बनेको छ। सहमति जुटाउने उद्देश्यसहित बुधबार राति काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा पार्टीका तीन प्रमुख गुटका नेताहरूबीच लामो छलफल भएको छ। विशेष महाधिवेशनपछि संस्थापन पक्ष मानिने सभापति गगन थापा समूहबाट केन्द्रीय सदस्यद्वय मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता रमेश लेखक तथा डा. शेखर कोइराला समूहका वरिष्ठ नेता डा. मिनेन्द्र रिजाल छलफलमा सहभागी थिए। वार्तामा सहभागी एक नेताका अनुसार छलफलको मुख्य विषय निर्वाचन टिकट वितरणका मापदण्ड तय गर्ने, गुटगत सन्तुलन मिलाउने र पार्टीभित्र देखिएको असन्तुष्टि कसरी कम गर्ने भन्नेमा केन्द्रित रहेको थियो। आन्तरिक सहमतिका आधारमा टिकट बाँडफाँट गर्ने प्रयासस्वरूप यस्तो छलफललाई हेरिएको छ।
ट्रेनडिंग