Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने निश्चित भएका छन्।

काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–३ बाट उम्मेदवार बन्ने निश्चित भएका छन्। हालसम्म उनको निर्वाचन क्षेत्र गोरखा–२ भए पनि यसपटक उनले सर्लाही–३ बाट चुनाव लड्ने निर्णय गरेका हुन्। उनको सचिवालयका अनुसार निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाहीबाट उम्मेदवारी दिने तयारी अन्तिम चरणमा पुगेको छ। श्रेष्ठ २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट तत्कालीन नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए। त्यसपछि २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितेका थिए। उक्त निर्वाचनमा डा. बाबुराम भट्टराईले पनि प्रचण्डलाई समर्थन गरेका थिए।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.