Nepal Jana Khabar
हरेक जनताको खबर
२५ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

नेकपा एमालेको उम्मेदवार चयन: गोरखा–२ बाट चक्रे मिलन, गोरखा–१ बाट आरसी लामिछाने।

काठमाडौं । नेकपा एमालेले गोरखा–२ निर्वाचन क्षेत्रबाट चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। च्यासलमा बसेको पार्टी सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो। यसै बैठकबाट गोरखा–१ निर्वाचन क्षेत्रका लागि पूर्व विद्यार्थी नेता आरसी लामिछानेलाई उम्मेदवार बनाइएको छ। पार्टी उपमहासचिव लेखराज भट्टले उम्मेदवार चयनसम्बन्धी निर्णय सार्वजनिक गर्दै आगामी निर्वाचनमा पार्टी संगठनलाई मजबुत बनाएर अघि बढ्ने जनाएको बताए। उम्मेदवार चयनसँगै एमालेले गोरखा जिल्लामा चुनावी तयारीलाई तीव्र बनाएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.