Nepal Jana Khabar
हरेक जनताको खबर
७ भाद्र २०८३, आईतवार
ट्रेनडिंग

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयबाट शेरबहादुर देउवा पक्षले आफूहरूलाई पार्टीको आधिकारिकता नदिइए देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयबाट शेरबहादुर देउवा पक्षले आफूहरूलाई पार्टीको आधिकारिकता नदिइए देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएको छ। देउवा पक्षका नेताहरूले निर्वाचन आयोगले कांग्रेसको वैधानिक नेतृत्वका रूपमा शेरबहादुर देउवा नेतृत्वको समूहलाई मान्यता दिनुपर्ने माग गरेका छन्। यदि आयोगले अन्यथा निर्णय गरेमा त्यसविरुद्ध देशभर चरणबद्ध आन्दोलन गर्ने उनीहरूको घोषणा छ। सानेपामा आयोजित छलफल तथा पत्रकारहरूसँगको कुराकानीमा देउवा पक्षका एक नेताले भने, “पार्टीको विधान, महाधिवेशन र बहुमतको आधारमा शेरबहादुर देउवा नेतृत्व नै वैधानिक हो। आयोगले यो यथार्थलाई बेवास्ता गरे हामी चुप लागेर बस्दैनौँ।” उनका अनुसार आन्दोलन शान्तिपूर्ण भए पनि सशक्त हुने छ र प्रदेशदेखि केन्द्रसम्म संगठन परिचालन गरिनेछ। कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई संवैधानिक र कानुनी प्रक्रियामार्फत टुंग्याउनुपर्ने भन्दै देउवा पक्षले आयोगमाथि निष्पक्ष निर्णयको दबाब दिएको छ। निर्वाचन आयोगले भने कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा आवश्यक कागजात र कानुनी आधार अध्ययनपछि मात्र निर्णय लिने जनाएको छ। कांग्रेसभित्रको यो विवादले समग्र राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.