Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगाउन जनताको एकता अत्यन्त आवश्यक रहेको बताएका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मान जोगाउन जनताको एकता अत्यन्त आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभरका सबै देशभक्त नेपालीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए। राष्ट्रको पहिचान, अधिकार र सार्वभौमिकता सुदृढ बनाउन साझा संकल्पका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो। पूर्वप्रधानमन्त्री दाहालले वामपन्थी शक्तिहरूबीच ध्रुवीकरण गरी बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी गरे। उनले देशको हित, लोकतान्त्रिक मूल्य र जनताको अधिकार संरक्षणका लागि पार्टीले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न दल परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरिएको थियो। दाहालले नयाँ प्रवेशकर्ताहरूले संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्दै जनमुखी राजनीति अघि बढाइने बताए।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.