काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने तयारी लगभग तय भएको संकेत गरेका छन्। रुकुम पश्चिममा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै उनले रुकुम पूर्वबाट चुनाव लड्ने विषयमा आफू दृढ रहेको बताएका हुन्। प्रचण्डले रुकुमेली जनतासँग आफ्नो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सम्पर्क र सहयोग कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टी एकता, संगठन सुदृढीकरण र जनताको अपेक्षा पूरा गर्न आफू सक्रिय रूपमा मैदानमा उत्रिने स्पष्ट पारे। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको यो संकेतले रुकुम क्षेत्रको चुनावी समीकरणमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।
ट्रेनडिंग