Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

जेन–जी समूहको माइतीघर धर्ना: संविधान संशोधन बिना निर्वाचन नमान्ने अडान

काठमाडौं। चुनाव निकास नभएको भन्दै जेन–जी समूहले संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जाने अडानमा टिक्ने चेतावनी दिएको छ। यसै मागसहित उनीहरूले माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। ३० भन्दा बढी जेन–जी समूहको संयुक्त आन्दोलनको नेतृत्व गरिरहेका मिराज ढुंगानासहितको टोलीले आफ्नो माग पूरा नभएसम्म माइतीघर नछाड्ने स्पष्ट घोषणा गरेका छन्। समूहले सर्वपक्षीय सहमति, संविधान संशोधन र लोकतान्त्रिक प्रक्रियामा तत्काल कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन्। साथै, उनीहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए निर्वाचन प्रक्रिया अवरुद्ध हुन सक्ने र देशव्यापी राजनीतिक अस्थिरता बढ्न सक्ने सम्भावना छ। यो धर्ना जेन–जी समूहको वर्तमान राजनीतिक उपस्थिती र दबाबको स्पष्ट संकेत पनि हो। समूहका नेता मिराज ढुंगानाले भने, “हामीले हाम्रो माग पूरा नभएसम्म माइतीघर छोड्ने छैनौँ। संविधान संशोधन र सर्वपक्षीय सहमति बिना निर्वाचन मान्य छैन।” धर्ना स्थलमा समर्थकहरूको ठूलो उपस्थिति देखिएको छ, र आगामी दिनमा आन्दोलन अझ सशक्त रूपमा जारी रहने अपेक्षा गरिएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.