काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय तहबाटै सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित वडा नम्बर ८ मा १५० रुपैयाँमै एक्स–रे सेवा सुरु गरेको छ। महानगरका अनुसार सर्वसाधारण नागरिकले महँगो शुल्क तिर्नु नपरोस् र समयमै स्वास्थ्य परीक्षण गर्न सकून् भन्ने उद्देश्यले न्यूनतम शुल्कमा सेवा सञ्चालन गरिएको हो। यस सेवाबाट विशेषगरी न्यून आय भएका, ज्येष्ठ नागरिक तथा दैनिक मजदुरी गर्ने नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। स्थानीय तहमै स्वास्थ्य सेवा उपलब्ध भएपछि अस्पतालको भीड कम हुनुका साथै नागरिकलाई समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ। महानगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।
ट्रेनडिंग