कात्तिक ३० काठमाडौं हङकङ सरकारले नेपाली पासपोर्ट राख्ने यात्रुहरूका लागि ट्रान्जिट भिसाको २० वर्ष पुरानो बाध्यता हटाएको छ। नेपाल एयरलाइन्स र क्याथे प्यासिफिक प्रयोग गरेर हङकङ हुँदै यात्रा गर्दा अब ट्रान्जिट क्षेत्रमा बस्ने सर्तमा भिसा लिनु पर्दैन। यसअघि नेपाल एयरलाइन्स प्रयोग गर्दा ट्रान्जिट भिसा अनिवार्य भएकाले धेरै प्रवासी नेपालीले समस्या भोग्दै आएका थिए। अब यो बाध्यता हटेपछि अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, क्यानाडा, बेलायत, मकाउ लगायत देशमा बस्ने नेपालीका लागि यात्रा झन् सहज भएको छ। नेपाली महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको लामो कूटनीतिक प्रयासपछि सम्भव भएको यो परिवर्तनले नेपाल र हङकङबीचको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।
You sent
Sent
यो पनि पढनुस !!
Write to