Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

झलनाथ खनाल पुन: एमालेमै फर्कने अन्तिम तयारी, ओलीसंग भेटे

काठमाडौं २६ कात्तिक नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पुन: एमालेमै फर्कने अन्तिम तयारी थालेका छन्। उनले आज मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन्। अध्यक्ष ओलीको निवास बालकोट गुण्डुमा भएको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेटवार्ता सकारात्मक भएको दाबी गर्दै खनालकै नेतृत्वमा एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने घोषणा हुने सम्भावना रहेको बताएका छन्। नेता बस्नेतका अनुसार नेतृ रामकुमारी झाँक्री, पूर्व सांसदहरू किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायतका नेता-कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा छन्।

यस समूहमा नेताहरू गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तथा कार्यकर्ताहरू पनि रहेको नेता बस्नेतले जानकारी दिएका छन्। यो भेटवार्ता र फर्किने हल्लाले नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ।

 

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।


प्रतिक्रिया
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.