Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

GenZ 2.0 राष्ट्रिय अभियान — गण्डकी प्रदेश भेलाको तयारी पूरा

डा. हरि कार्कीको संरक्षकत्वमा संचालित GenZ 2.0 (सबै पुस्ताका सरथी) राष्ट्रिय अभियान अन्तर्गत गण्डकी प्रदेशस्तरीय भेटघाट कार्यक्रम आगामी कार्तिक २२ गते हुने भएको छ। कार्यक्रमका गण्डकी प्रदेश संयोजक सञ्जय सुवेदीका अनुसार, यस भेलामा अभियानका प्रमुख उद्देश्यहरू — १)नागरिक सशक्त सरकारको सुनिश्चितता, २)जनमागको संस्थागत स्थायित्व, र ३)राष्ट्रिय एकता तथा सहमतिको अभियान लाई केन्द्रमा राखी विस्तृत छलफल तथा नीतिगत निर्णय गरिनेछ। उहाँका अनुसार, सो अवसरमा प्रदेश समितिको पूर्णता सहित विभिन्न विभागहरू गठन गर्ने तयारी गरिएको छ। साथै, जिल्ला प्रतिनिधिहरूको चयन पनि सोही कार्यक्रममार्फत हुनेछ। भेलाले गण्डकी प्रदेशलाई शक्तिशाली, संगठित र प्रभावशाली संरचनात्मक रूपमा अघि बढाउने संकल्प लिएको छ। GenZ 2.0 अभियानको यो प्रदेशस्तरीय भेटघाटले नयाँ पुस्तामा एकता, राष्ट्रियता र सकारात्मक प्रेरणा जगाउने बलियो सन्देश दिने विश्वास लिइएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.