Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

सिंहदरवारका सैनिक कमाण्डरसहित तीन उच्च सैनिकलाई सैनिक प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं ५ कात्तिक नेपाली सेनाले तीन जना उच्च सैनिक अधिकारीमाथि छानबिन सुरु गरेको छ। जेनजी आन्दोलनपछिको घटनाक्रमका सन्दर्भमा सेनाले उनीहरुमाथि छानबिन सुरु गरेको हो।

सैनिक मुख्यालयका एक अधिकारीका अनुसार सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्कासहित तीन उच्च सैनिक अधिकारीलाई छानबिनको दायरामा ल्याएको हो। उनीहरुलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो।

छानबिन गरिएका अन्य दुई अधिकारीमा धनगढी र सिन्धुलीका उच्च सैनिक अधिकारी रहेको सैनिक स्रोतले जानकारी दिएको छ। तीनै सैनिक अधिकारीलाई छानबिन प्रक्रियामा राखेर हेडक्वार्टर तानिएको हो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.