Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

सरकारलाई ओलीले सोधे: तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ?

काठमाडौं २ कात्तिक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार दिनदिनै आफूलाई कसरी पक्राउ गर्ने भनेर बैठक गरिरहेको आरोप लगाएका छन्। शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केमा मुद्दा लगाउने भनेर समेत प्रश्न गरे।

‘दिनैपच्छिे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश?,’ ओलीले भने, ‘केमा मुद्दा लाउनुहुन्छ? के मा? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने? कि कुनै आधार छ, कारण छ?’

उनले आफू जनुसुकै समयको पनि सम्पति छानबिन गर्न तयार रहेको समेत बताए। ‘हामीले भनेका छौँ, हाम्रो पार्टीले भनेको छ २००७ सालदेखिको छानबिन गर्नु छ भने पनि गरौँ,’ ओलीको भनाइ छ, ‘२०४६ पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौँ। २०६२/०६३ पछिको छानबिन गर्नुपर्छ भने पनि गरौँ।’

‘कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण, छानबिन गरौँ,’ उनले थपे।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.