Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

जेनजी आन्दोलन: ओली, लेखक र बालेनमाथिको उजुरी तामेलीमा राख्ने तयारी

जेनजी आन्दोलन: ओली, लेखक र बालेनमाथिको उजुरी तामेलीमा राख्ने तयारी जेनजी आन्दोलनका क्रममा द’मन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङलगायतविरुद्ध परेका उजुरीहरू तत्कालका लागि तामेलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुवातमा तत्काल पक्राउको आदेश दिए पनि सुरक्षा निकायहरूले त्यसो गर्दा शान्ति-सुरक्षा बिग्रने खतरा हुने भन्दै सुझाव दिएका थिए। त्यसपछि सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कुर्ने निर्णयतर्फ जाने संकेत देखिएको छ। गृहमन्त्री अर्यालले भने जेनजी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये झन्डै दुई सय जनालाई रिहा गर्न आदेश दिएका छन्। ओली र लेखकविरुद्ध सुदन गुरुङले दिएको उजुरी, र त्यसको प्रतिक्रिया स्वरूप एमाले निकट विद्यार्थी संगठनले सुदन र बालेनविरुद्ध दिएको उजुरी पनि प्रहरीले दर्ता गरेको छैन। यी सबै उजुरी हाल प्रहरी परिसरमा होल्ड अवस्थामा छन्। आन्दोलनका क्रममा ४० जनाको गो’ली ला’गेर, २० जनाको आ’गला’गीमा, र ३ प्रहरीको ह’त्या भएको बताइन्छ। सयौँ सरकारी तथा निजी संरचनामा आ’गज’नी र तो’डफो’ड भएका छन्। सरकार र प्रहरीले अहिले आयोगको प्रतिवेदनपछि मात्रै दुवै पक्षमाथि कारबाही गर्ने कि नर्ने भन्ने निर्णय गर्ने तयारी गरेका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.