राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि आजका लागि तय गरिएको जेनजी प्रतिनिधिहरूसँगको बैठक स्थगित गरिएको छ। बैठक अब सोमबारका लागि सारिएको शीतलनिवास स्रोतले जानकारी दिएको छ।
वार्ता स्थगित भएपछि शीतलनिवास अगाडि पुगेका जेनजी प्रतिनिधिहरूले नाराबाजी गरेका छन्। उनीहरूले राष्ट्रपति पौडेलसँग प्रत्यक्ष भेट र संवादको माग गर्दै विरोध जनाएका हुन्।
यसैबीच राष्ट्रपति पौडेल प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँग अन्य राजनीतिक विषयमा छलफलमा व्यस्त रहेको स्रोतले जनाएको छ।
हिजो मात्र राष्ट्रपति पौडेलले आगामी निर्वाचनबारे प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूसँग छलफल गरेका थिए।