विजयादशमी, दीपावली, नेपाल संवत ११४६ र छठ पर्वको शुभअवसरमा काठमाडौं महानगरपालिका–१६, बालाजुमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ श्री कुमारी स्थान टोल सुधार समिति र शान्ति नगर टोल सुधार समाजको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रोजिना श्रेष्ठ प्रेस सेन्टर नेपाल काठमाडौं जिल्ला अधक्ष्य राममणि घिमिरे तथा बालाजु प्रहरी वृत्तका प्रमुख डीएसपीको विशेष उपस्थिति जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको प्रहरी वृत्तको बालाजू पुनर्निर्माणका लागि टोल सुधार समितिले आर्थिक सहयोग जुटाएको थियो । स्थानीय टोल समितिका अध्यक्ष बेद प्रसाद पौडेलको नेतृत्वमा स्थानीय बासिन्दाहरूले वडा अध्यक्ष श्रेष्ठको रोहबरमा नेपाल प्रहरीलाई पाँच लाख पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरे। यसैगरी, स्थानीय अभियन्ता तथा समाजसेवी देवेन्द्र कुमार श्रेष्ठले प्रहरी वृत्त पुनर्निर्माणका लागि पचास हजार रुपैयाँ नगद सहयोग प्रदान गर्नू भयो, कार्यक्रमका प्रहरी वृत्त ध्वस्त भएपछिको संवेदनशील अवधिमा स्थानीय बासिन्दाहरूले आफैंले संगठित भई राति गस्ती गरी शान्ति-सुरक्षा कायम राखेका थिय, दशैंको समयमा अपराधिक गतिविधि बढ्ने डरले गर्दा स्थानीयहरूले पालैपालो गस्ती गरेर आफ्नै बस्तीको रक्षा गरेका थिए। यसले गर्दा प्रहरी र समुदायबीचको विश्वास अझ कडा भएको एक स्थानीय बासिन्दाले बताए। बडा दशैँ शुभकामना कार्यक्रममा मानुषी एमी भट्टराईको पनि उपस्थिति थियो, यस अवसरमा बालाजु प्रहरी वृत्तका इन्चार्ज डीएसपीले स्थानीय समुदायले देखाएको सहयोग र जिम्मेवारीप्रति गहिरो आभार व्यक्त गर्दै भने, “सुरक्षा भनेको नेपाल प्रहरी मात्रको होइन, यो समुदाय र प्रहरीको सहकार्यले मात्र सम्भव हुन्छ। प्रहरी चौकी नभएको अवस्थामा स्थानीयले देखाएको सक्रियताले हामीलाई उत्साहित बनाएको छ, उनले दशैं-तिहारको पर्वमा अपराध नियन्त्रण र सुरक्षा कायम राख्न प्रहरीले स्थानीयसँगको सहकार्यलाई अझ प्राथमिकता दिने बताए। स्थानीयको निरन्तर श्रमदान र सहयोगबाट हालसम्म प्रहरी वृत्तको करिब २० प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भइसकेको प्रहरी वृत्त पुनः सञ्चालनमा आएपछि बालाजु र आसपासका बासिन्दाहरूले अझ बढी प्रभावकारी सुरक्षा सेवा पाउने अपेक्षा राखेका छन्। यस कार्यक्रमले सामुदायिक प्रहरीसँगको सहकार्यले कसरी विपत्तिको समयमा पनि शान्ति-सुरक्षा कायम राख्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ।