Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

माओवादी पार्टीमा अध्यक्षमा प्रचण्डको विकल्प छैन: हरिबोल

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुनै विकल्प नरहेको स्पष्ट पार्दै नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गरेका छन्।

माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा गजुरेलले सडकको हल्लाले पार्टी नेतृत्व बदलिँदैन भन्दै प्रचण्डको पक्षमा अडान राखे । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले फरक मत राखिरहेका बेला गजुरेल खुलेरै प्रचण्डको समर्थनमा उत्रिएका हुन्।

उनीहरूले हालै चर्चामा रहेको ‘जेन–जी’ आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूको स्वतःस्फूर्त विद्रोहका रूपमा व्याख्या गर्दै पार्टीले दृढतापूर्वक समर्थन गर्नुपर्ने धारणा राखे। गजुरेलले चेतावनी दिँदै भने — “आन्दोलनपछि उत्पन्न परिस्थितिलाई विभिन्न शक्ति केन्द्रहरूले आफ्ना स्वार्थमा प्रयोग गर्न खोजिरहेका छन्, यसमा सचेत हुनुपर्छ।”

गजुरेलको भनाइमा, “हामीले पहिलो दिनदेखि नै आन्दोलनसँग ऐक्यबद्धता जनाउनु पर्थ्यो। ढिलो भए पनि दमन र नरसंहारको विरोध गर्‍यौँ, ओलीको राजीनामा माग्यौँ, त्यसैले हामी आफैं आन्दोलनकारी शक्ति हौँ।”

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.