Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

बडादसैँ सुरु : आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौँ, ६ असोज। आजबाट दशैं सुरु भएको छ। हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको हो। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको प्रारम्भ आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपणसहित गरिएको हो।

नवरात्रभर दुर्गाका नौ रूप (नवदुर्गा) को पूजा आराधना गरिने परम्परा छ। असोज १२ गते फूलपाती, महाअष्टमी र महानवमीका दिन बलिपूजा गरिनेछ। यस वर्ष विजया दशमी असोज १६ गते परेको छ। टीकाको साइत बिहान ११:५३ बजे र देवी विसर्जन ९:२३ बजे निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यो पनि पढनुस !!

कोजाग्रत पूर्णिमासम्म जमरा विसर्जन र महालक्ष्मी व्रत बस्ने परम्परा रहँदै आएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.