Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय तत्काल खारेज गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सरकारले सामाजिक सञ्जालमै प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै आपत्ति जनाए ।

उनका अनुसार सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन, आफ्नालाई जोगाउन र आलोचना नियन्त्रण गर्न निरन्तर मुद्दा लगाउने र कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्ने जस्तो कदम चालिरहेको छ ।

“यस निर्णयले अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत असहज बनाएको छ,” उनले भने ।

प्रचण्डले पार्टी सामाजिक सञ्जाल नियन्त्रण नभई उचित नियमनको पक्षमा रहेको स्पष्ट गर्दै, संसद्मा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागितासहित अघि बढाउनुपर्नेमा कार्यकारी आदेशमार्फत बन्द गर्ने निर्णय घोर आपत्तिजनक भएको बताए ।

उनले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै, उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेका छन् ।

 

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.