Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै कायम, सर्वोच्चद्वारा रिट खारेज

गोरखा, १५ भदौ । गोरखाको सिरानचोक गाउँपालिकाको केन्द्र वडा नम्बर ५ चित्रेपोखरीमा हुने भएको छ । सिरानचोक गाउँपालिका-५ छोप्राक मैदानमा रहेको केन्द्र परिवर्तन गरी सोही वडाकै चित्रे पोखरी कायम गर्ने गाउँसभाको दुई तिहाइ बहुमतको निर्णय थियो।

सर्बोच्च अदालतमा मुद्दा परेपछि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।

यो पनि पढनुस !!

सर्वोच्च अदालतले आज (भदौ १५ गते)उक्त रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गरेको हो। सिरानचोक गाउँपालिका केन्द्र सार्ने निर्णयविरूद्ध चूडामणी पोखरेलसमेत ९ जनाले रिट दायर गरेका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.