काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार बिहान ११ बजे बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक आव्हान गरेका हुन् ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन र स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको तयारी लगायतका विषयमा छलफल हुने उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा केन्द्रीय समितिको बैठकको मिति र विप्लव नेतृत्वको नेकपासँग गर्ने भनिएको पार्टी एकतालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।