Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

रसिया भित्र लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति

न्युयोर्क, ३ मङ्सिर। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन्। मस्कोको साथ दिनका लागि उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि यो सन्देश दिइएको अमेरिकी सेना निकट श्रोतले जनाएको हो।

दक्षिणी रुसी क्षेत्र र्कस्कमा अहिले ५० हजार उत्तर कोरियाली सेना रहेको अनुमान गरिएको छ। सोही स्थानमा गत वर्ष युक्रेनले प्रत्याक्रमण स्वरूप आक्रमण सुरु गरेको थियो।

भविष्यमा हुने शान्ति वार्तालाई ध्यानमा राख्दै रुस र्कस्क क्षेत्र आफ्नो पकडमा राख्न चाहन्छ। अमेरिका सो क्षेत्र रुसमा पुगेको ठिक ठान्दैन। सम्भव भएसम्म र्कस्कलाई जोगाउन अमेरिकाले सहयोग गर्न खोजेको देखिन्छ।

अमेरिकाको यो सन्देश आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्नका लागि हो। अहिले युक्रेनलाई सहयोग गर्ने सवालमा अमेरिकीकै मत विभाजित छ। केही अमेरिकी निरन्तर सहयोगको पक्षमा छन् भने कोही यसरी सहयोग जारी राख्नु आवश्यक नरहेको भन्ने ठहर गर्न थालिसकेका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.