काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार १०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ ।