Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

विगत २० वर्षमा नेपालले तय गरेको यात्रा हेर्नलायक छ : महासचिव गुटेरेस

काठमाडौँ, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २ दशकमा नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका छन् ।

संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा मंगलवार सम्बोधन गर्दै गुटेरेसले स्वाधीनताको रक्षाका लागि नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका हुन् ।

‘दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैंले बनाउनुभएको छ,’ गुटेरेसले भने, ‘विगत २० वर्षको तपाईंहरूको यात्रा हेर्नलायकको छ । अद्भुत छ ।’

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि उनले बताए । विश्वव्यापी विभाजन र जलवायु परिवर्तनको घातक प्रकोपबाट बच्न विश्वले नेपालबाट धेरै कुरा सिक्न सक्ने पनि उनले बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.