Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

हमास आक्रमण : इजरायलमा मृत्यु हुनेको संख्या २५० पुग्यो

काठमाडौँ, २१ असोज । इजरायलको आपतकालीन सेवाले प्यालेस्टिनी चरमपन्थी समूह हमासले गरेको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या २५० पुगेको जनाएको छ। इमर्जेन्सी मेडिकल सर्भिसका अनुसार अहिलेसम्म २५० जनाको मृत्यु भएको र सयौं घाइते भएको पुष्टि गरेका छन्।

यसैबीच, इजरायली अधिकारीहरूले इजरायली रक्षा बल (आइडिएफ) का मेजर जनरलको अपहरणको खबरलाई अस्वीकार गरेका छन्। हमासले आफूसँग ५३ ‘युद्धका कैदी’ (बन्धक) रहेको दाबी गरेको छ।

आइडिएफले आफ्ना केही सैनिक र सर्वसाधारणलाई आतंककारीहरूले कब्जामा लिएको पुष्टि गरेको छ, यद्यपि सेनाले सङ्ख्या भने खुलाएको छैन। इजरायलका प्रधानमन्त्री बेन्यामिन बेन्जामिन नेतान्याहुले दुश्मनले यस आक्रमणकाे मूल्य चुकाउनैपर्ने चेतावनी दिएका छन्।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणहरूमा सयौं व्यक्ति हताहत भएका छन्। हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.