Nepal Jana Khabar
हरेक जनताको खबर
२४ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

फरहान अख्तरको फिल्ममा एकसाथ देखिने भए प्रियंका, आलिया र कट्रिना

फरहान अख्तरले निर्देशन गर्ने नयाँ फिल्ममा प्रियंका चोपडा, आलिया भट्ट र  कट्रिना कैफ एक साथ देखिने भएका छन्। फरहानले निर्देशन गर्ने ‘जी ले जरा’मा यी तीन अभिनेत्रीले सँगै अभिनय गर्न लागेका हुन्। सन् २०११ मा ‘डन २’ फिल्मको निर्देशनपछि फरहान अब ‘जी ले जरा’ फिल्मबाट निर्देशकको रुपमा फर्किन लागेका छन्।

मगंलबार प्रियंका, आलिया, कट्रिना र फरहानले सामाजिक सञ्जालमा ‘जी ले जरा’को पोस्टर सार्वजनिक गरेर नयाँ फिल्मबारे जानकारी दिएका हुन्। पोस्टरमा प्रियंका, आलिया र कट्रिनाको नामसँगै भारतका विभिन्न ठाँउको चित्रबाट बनेको गाडी देख्न सकिन्छ। यसले पुरानो चर्चित फिल्म ‘दिल चाहता है’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ फिल्मजस्तै झलक दिएको हिन्दुस्तान टाइम्सले बताएको छ।

यो पनि पढनुस !!

फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै अभिनेत्री आलियाले क्याप्सनमा ‘के कसैले रोड ट्रिपबारे कुरा गर्यो?’ लेखेकी छिन्। यसले यो नयाँ फिल्म तीन महिलाको सडक यात्रासँग सम्बन्धित हुनसक्ने संकेत दिएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.