Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

स्थानीय चुनावमा कांग्रेसले कांग्रेसलाई भोट नदिदा गोरखामा निर्वाचन हारियो : डा. कोइराला

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय चुनावमा कांग्रेसले कांग्रेसलाई भोट नदिएका कारण गोरखामा निर्वाचन हारिएको बताएका छन्। नेपाली कांग्रेस गोरखाको शहीदलखन–काठमाडौं गाउँ सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा कोइरालाले स्थानीय चुनावमा कांग्रेसले कांग्रेसलाई भोट नदिएका कारण शहिद लखन गाउँपालिकामा हारे बेहोर्नु परेको बताएका हुन् ।

नेतृत्वलाई सच्चिनुपर्छ भन्नेहरुले आफू पनि सच्चिन आवश्यक रहेको भन्दै कोइरालाले कांग्रेस कार्यकर्तालाई व्यक्तिवादी चिन्तन त्याग्न आग्रह समेत गरे ।

डा. कोइरालाले गोरखाबाटै निर्वाचित भएका प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेको भन्दै उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष ? भनी प्रश्न समेत गरे। कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री यस्तो अराजक बनेपछि उनलाई समर्थन गर्न आवस्यक नरहेको बताए।

यो पनि पढनुस !!

डा.कोइरालाले देशमा फैलिएको अराजकता रोक्ने हैसियत नेपाली कांग्रेसमा मात्र रहेकाले अब कांग्रेसले सरकारको नेतृत्व गर्ने बेला आएको समेत बताए । उक्त कार्यक्रममा सांसद राजेन्द्र बजगाईले नेपाली कांग्रेस रुपान्तरणको अभियान हरेक व्यक्तिले आफैैंबाट सुरु गर्न आवश्यक रहेको भन्दै कांग्रेस रुपान्तरण लाग्न कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.