Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

गायिका स्मृति गौतमले ल्याइन् तीजगीत ‘माइती देश’ (भिडिओ)

गायिका स्मृति गौतमले तीजको सन्दर्भ पारेर नयाँ गीत ‘माइती देश’ सार्वजनिक गरेकी छन्। गायिकाको युट्युब च्यानलमार्फत् गीतको भिडिओ सार्वजनिक भएको हो।

निरेन श्रेष्ठले निर्देशन गरेको भिडिओमा नयाँ-पुराना कलाकारहरु अभिनय देख्न पाइन्छ। ज्योति फिल्मले निर्माण गरेको भिडिओमा रमा थपलिया, टीका जैसीको मुख्य भुमिका छ भने रुपम चौलागाईंलाई बालकलाकारको भूमिकामा देख्न सकिन्छ। यसमा भुवन चौलागाई, गोबिन्द दुलाल, मनोज लामिछाने, विकास सिलवाल, बबिता केसीसमेतले अभिनय गरेका छन्।

गायिका स्मृतिले आफ्नै यथार्थ घटनालाई समेटेर गीत तयार पारेको बताएकी छन्। यसअघि सालको पात टपरी दुना, दुईखोली दोभान, अल्लारे माया जस्ता रमाइला गीत गाएकी उनले यस पटक दु:खको गीत गाएकी छन्।

किरन गौतमले शब्द संगीत गरेको यो गीतमा आरके मिलनले संगीत संयोजन गरेका हुन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.