Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

नेपाल र चीनद्वारा १३ बुँदे संयुक्त वक्तव्य जारी

नेपालले चीनलाई एक जोडी एकसिङे गैँडा उपहार दिने

काठमाडौँ, ९ असोज । नेपाल र चीनले १३ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार भएको द्विपक्षीय औपचारिक वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी भएको हो। दुई देशका प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धका विविध आयामबारे गहिरो छलफल भएको संयुक्त वक्तव्यमा उल्लेख छ।

दुवै पक्ष नेपालले हस्ताक्षर गरेको चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गतका परियोजना अघि बढाउन सहमत भएका छन्। नेपालको आवश्यकताअनुसार अरनिको राजमार्गको चौथो चरण मर्मत सम्भार गर्न चिनियाँ पक्ष सहमत भएको छ। रसुवागढी-स्याप्रुवेशी सडक पनि नेपाली पक्षले साइट क्लियर गरेपछि चीनले मर्मत गरिदिने भएको छ।

यो पनि पढनुस !!

दुवै पक्ष टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन सहमत भएका छन्। चक्रपथ विस्तारको दोस्रो चरणको कामको पनि गत बढाउन कुरा संयुक्त वक्तव्यमा उल्लेख छ। केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमा दुवै पक्षले सन्तुष्टि जनाउँदै नेपाल–चीन रेलवे सहकार्यका लागि जति सक्यो चाँडो आठौँ बैठक बस्न सहमत भएका छन्। नेपालका रेलवे कर्मचारीलाई तालिम दिन चीन तयार भएको छ।

दुवै पक्षले ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युतको क्षेत्रमा मिलेर काम गर्ने बताएका छन्। नेपालले युगौँ लामो मित्रताको प्रतीक स्वरूप चीनलाई एक जोडी एकसिङे गैँडा उपहार दिने भएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.