Nepal Jana Khabar
हरेक जनताको खबर
८ जेष्ठ २०८२, बुधबार
ट्रेनडिंग

संजयलीला भंसालीले निर्देशन गर्ने नेटफ्लिक्स वेब सिरिजमा ‘वेश्यालय’को कथा

संजयलीला भंसालीले नेटफ्लिक्स वेबसिरिज ‘हीरा मन्डी’ निर्देशन गर्ने भएका छन्। स्क्रोलडटइनका अनुसार नेटफ्लिक्सद्वारा मंगलबार सार्वजनिक वक्तव्यमा भंसालीले नेटफ्लिक्सका लागि वेबसिरिज निर्देशन गर्ने तय भएको बताइएको हो।

invotech
हीरा मन्डी लाहोर सहरको चर्चित वेश्यालय हो र फिल्मको कथा यसमै आधारित हुने जनाइएको छ।

‘वेबसिरिजको कथा वेश्यावृत्तिमा संलग्न महिला र हीरा मन्डीको गोप्य सांस्कृतिक यथार्थमा आधारित हुनेछ, जसमा भारत स्वतन्त्र हुनुभन्दाअघिको समय चित्रण गरिने छ,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो श्र‍ृंखला वेश्यालयभित्रको प्रेम, धोका, सफलता र राजनीतिबारे हुनेछ जसमा भंसालीको लार्जर द्यान लाइफ सेटहरू, बहुरंगी पात्रहरू र कर्णप्रिय संगीत पनि समावेश हुनेछ।’

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.