Nepal Jana Khabar
हरेक जनताको खबर
१९ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

भ्रष्टाचारविरुद्धको अभियानलाई थप तीव्र बनाइन्छ : प्रधानमन्त्री

पोखरा, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको अभियानलाई तिब्र पारिने बताएका छन्। शनिवार पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ ।’

यो पनि पढनुस !!

भ्रष्टाचार देशको विकराल समस्या भएको बताउँदै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ।’ यो वर्षको बजेट निकै राम्रो भएको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.