Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

अहिले सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १३ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन्। मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सरकार ढल्ने कुरा हल्ला मात्रै भएको बताएकी हुन्।

उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको बताइन्। मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको उनको भनाइ थियो।

यो पनि पढनुस !!

यस्तै, मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको बताइन्। उनले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताइन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.