Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८२, मंगलवार
ट्रेनडिंग

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ ।  गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई  नक्सालस्थित निवासबाट पक्राउ हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीमाथि आरोप छ । उनी प्रहरीको फरारको सूचीमा  थिए

ललिता निवास प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।

२०७७ सालमा विशेष अदालतले व्यवसायी  गुरुङसँग दुई करोड रुपैयाँ धरौटी मागे थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.