काठमाडौं, १ असार । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलको तर्फबाट बहस हुने भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।
जिल्ला अदालतबाट सरकारी वकीलको तर्फबाट बहस सकेपछि पूर्पक्षको लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश जारी हुन्छ। बहस सकेपछि समय पुगेमा आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।