Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

नक्कली भुटानी शरणार्थी प्रकरण : आज थुनछेकको आदेश आउन सक्ने

काठमाडौं, १ असार । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलको तर्फबाट बहस हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।

यो पनि पढनुस !!

जिल्ला अदालतबाट सरकारी वकीलको तर्फबाट बहस सकेपछि पूर्पक्षको लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने भन्ने आदेश जारी हुन्छ। बहस सकेपछि समय पुगेमा आजै साँझसम्म थुनछेक आदेश आउन सक्ने बताइएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.