Nepal Jana Khabar
हरेक जनताको खबर
३० जेष्ठ २०८३, शनिबार

भ्रष्टाचारमा माओवादीकै नेता परे पनि छुट पाउँदैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २० जेठ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताएका छन् ।

स्थानीय तहका दलित जनप्रतिनिधिहरुको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने बताए ।

‘सुशासनको स्थापना गर्न कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

यो पनि पढनुस !!

आफू नियम भन्दा बाहिर गएर काम नगर्ने भन्दै उनले सरुवा बढुवाका लागि कसैको भनसुन नमान्ने पनि बताए । ‘हामीले संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी छ ।

खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.