Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

नेपाल बारले भन्यो : रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत

काठमाडौँ, १५ जेठ । नेपाल बार एसोसिएसनले रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बारले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीलाई सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिले आममाफी दिएपछि यस्तो प्रतिक्रिया दिएको हो ।

यो पनि पढनुस !!

चौधरी सोमबार कारागारमुक्तसमेत भएका छन् ।

टीकापुर घटनासँग सम्बन्धित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणा विपरीत भएको र यसले दण्डहीनतालाई प्रशय दिने नेपाल बारको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.