काठमाडौं, २ जेठ । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ । जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्ताे दिएका छन् ।
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।