Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८२, मंगलवार
ट्रेनडिंग

देशको बेइज्जत गर्नेहरु कुनै पार्टीका हुदैनन्, ती देशद्रोही हुन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, १ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण देशलाई बेइज्जत गर्नेगरी राज्य विरुद्ध गरिएको अपराध भएको बताएका छन् । आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाइ बेच्ने गिरोहमा संलग्न देखिएका सबैलाई कारवाही गर्ने समेत उनको भनाइ छ ।

आइतवार प्रेस सेन्टर नेपालका प्रतिनिधिहरुहरु संग सिंहदरवारमा अन्तरक्रिया गर्दै उनले निर्दोष नपर्ने र दोषी उम्कन नसक्ने जिकिर गरे । नेकपा(माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले यो गिरोहमा आफ्नै पार्टीका परेपनि नछाडिने प्रतिवद्धता पनि प्रकट गरेका छन् । ”देशको बेइज्जत गर्नेहरु कुनै पार्टीका पनि हुदैनन्, यस्ता भ्रष्ट र देशद्रोही जोकोही भएपनि कारवाहीबाट उम्किन सक्दैन ।” उनले भने ।

आफूलाई प्रधानमन्त्री प्रचण्डको दरिलो साथ र निर्देशन प्राप्त भएको भन्दै उनले भ्रष्टाचार र कमिसनको नेक्सस तोडेर नै छोड्ने उद्घोष समेत गरे । ” देशमा सुशासन र सम्वृद्धिको बाधक बनेका कमिसन र भ्रष्टाचारका नेक्सस पूरै तोड्छौ ।” उनी दृढ देखिए ।

आफूले प्रहरीलाई निर्धक्क अनुसन्धान गर्न र प्रमाण बमोजिम कानुनी कारवाही अघि बढाउँन निर्देशन दिएको उल्लेख गर्दै उनले राजनीतिक दबाब र प्रभावमा प्रहरी नरहेको प्रष्ट पारे ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.