काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
हिरासतमा राखी अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको हो ।
खाँणलाई प्रहरीले आजै बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको थियो । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्ने खाँण सबैभन्दा उच्च तहका नेता हुन् ।
यसअघि सरकारका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । हालसम्म यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् । एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् । एमालेले उनलाई निलम्बन गरिसकेको छ ।