Nepal Jana Khabar
हरेक जनताको खबर
४ बैशाख २०८१, मंगलवार

पूर्वराजदूतहरूको नयाँ संस्था ‘आफ्ना’

पूर्वराजदूत शम्भुराम सिंखडा अध्यक्ष रहेको आफ्नामा उपाध्यक्ष चोपलाल भुसाल, सचिव लक्की शेर्पा र कोषाध्यक्ष रमेश कोइराला चयन भएका छन् । यसै गरी संस्थाका सदस्यहरूमा विश्वम्भर प्याकुर्‍याल, अर्जुन कार्की, विजयकान्त कर्ण, युवनाथ लम्साल र ऋषि अधिकारी छन् । यसअघि कूटनीतिक सेवाको कोटाबाट प्रक्रियागत रूपमा राजदूत बनेकाहरूको समूह एसोसिएसन अफ फर्मर करियर एम्बार्डिस अफ नेपाल (आफ्कान) गठन भइसकेको छ ।

‘आफ्ना’ आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । ‘आफ्ना’की सचिव लक्की शेर्पाका अनुसार पूर्वराजदूतहरुले प्राज्ञिक, बौद्धिक र कूटनीतिक क्षेत्रमा हासिल गरेको अनुभव तथा योगदानलाई संगठित एवं व्यवसायीकरण गर्ने उद्देश्यले यो संस्था गठन भएको हो ।

‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति सम्बन्धी विभिन्न विषयमा छलफल गरी नेपालको स्वाधीनता र राष्ट्रिय स्वार्थका पक्षमा स्वतन्त्र र संस्थागत धारणाहरू सार्वजनिक गर्न संस्था गठन भएको हो,’ आफ्नाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको राज्यनीति निर्माण गर्ने क्रममा परराष्ट्रनीति र परराष्ट्र सम्बन्धलाई महत्त्वपूर्ण प्राथमिकता दिने वातावरण सिर्जना गरी राज्यको परराष्ट्रनीति निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य छ ।’

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.