Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

कानुनविपरीत घरभाडा लिँदै सांसद

मोरङ — यहाँका केही प्रदेश सांसदहरूले कानुनविपरीत आवास सुविधा लिने गरेको पाइएको छ । प्रदेशसभाभन्दा १५ किलोमिटरको दूरीमा घर भएका र घरबाटै प्रदेशसभा आउने जानेले आवास सुविधा लिन नमिल्ने कानुनी व्यवस्था छ । प्रदेश सांसदहरूलाई अहिले आवास सुविधाबापत मासिक १९ हजार रुपैयाँ दिने कानुनी व्यवस्था छ ।

प्रदेश १ को प्रदेशसभा बैठक । तस्बिर : कान्तिपुर
जनता समाजवादी पार्टीको प्रदेश १ का संसदीय दलका नेता जयराम यादवको विराटनगरमा घर भए पनि आवास सुविधा लिँदै आएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित उनले प्रदेशसभा सदस्य भएदेखि गत आर्थिक वर्षसम्ममा ७ लाख २२ हजार ८९६ रुपैयाँ घर भाडा लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विराटनगरमै घर भएकी कांग्रेस प्रदेश सांसद बिन्दिया कार्कीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरी कुल १ लाख ६१ हजार आठ सय ९६ रुपैयाँबापत आवास सुविधा लिएकी हुन् । उनले त्यसपछि नलिएको सचिवालयले जनाएको छ । यस्तै, विराटनगरमै घर भएका कांग्रेसकी सांसद शान्तादेवी पौडेलले आर्थिक वर्ष २०७४/७५ मा घर भाडाबापत ८६ हजार आठ सय ९६ रुपैयाँ आवास सुविधा लिए पनि त्यसपछि नलिएको सचिवालयले जनाएको छ । घरबाटै प्रदेशसभा आउने गरेका कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, एमालेका प्रदेश सांसदत्रय सर्वध्वज साँबा, ज्ञानेश्वर राजवंशी र लिलम बस्नेतले आवास सुविधा लिने गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

दलका नेता कोइराला र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति साँबालाई प्रदेशसभा सचिवालयले गाडी सुविधासमेत दिएको अवस्थामा आवास सुविधा लिने गरेका छन् । कोइरालाले घरबाटै प्रदेशसभा आउने जाने गरे पनि विराटनगरस्थित चाँदनी चोकनजिक घरभाडामा लिएका छन् । माओवादी केन्द्रका प्रदेश सांसद विजय विश्वासले पनि घरबाटै प्रदेशसभा आउने जाने गरेको भए पनि विराटनगरमा कोठाभाडा लिएकाले आवास सुविधा लिने गरेको बताए । मोरङ क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित थारूले आर्थिक वर्ष २०७४/७५ मा ८६ हजार आठ सय ९६, आव २०७५/७६ मा १ लाख ८० हजार र २०७६/७७ र २०७७/७८ मा राज्यमन्त्री भएको समयबाहेक १ लाख १४ हजारका दरले आवास सुविधा लिएको सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवलायका अनुसार प्रदेश सांसदहरूलाई गत आर्थिक वर्षसम्ममा आवास सुविधाबापत ५ करोड ४७ लाख ३० हजार तीन सय ९ रुपैयाँ बैंक खातामार्फत भुक्तानी दिइएको छ । प्रदेश राजधानीसँग जोडिएको बुढीगंगा भर भएका कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेश राजधानी विराटनगरमा घर भएका पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरे, कांग्रेसका प्रदेश सांसद चुमनारायण तबदार, एमालेका सांसद यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी, कल्पनाकुमारी सरदार र विध्यानन्द चौधरीले आवास सुविधा लिएका छैनन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.