Nepal Jana Khabar
हरेक जनताको खबर
७ माघ २०८१, सोमबार

सुनसरीमा ब्राउन सुगरसहित पाँच पक्राउ

पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, रामपुर मलहनिया–१४ बस्ने २४ वर्षीय विनोदकुमार कामत, तिलाठी कोलारी–४ बस्ने २० वर्षीय ईनरकुमार मुखिया, सोही वडा बस्ने १९ वर्षीय रमेश मुखिया र कार चालक २२ वर्षीय फूलकुमार मुखिया रहेका छन् ।

प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेपनि मंगलबार बिहान सार्वजनिक गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकेर तलासी ब्राउन सुगर बरामद भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच मोरङको उत्तरी क्षेत्रमा पर्ने लेटाङ नगरपालिका–९ बुढौली चौकबाट लागूऔषधसहित लेटाङ–८ बस्ने २४ वर्षीय पदमबहादुर राई पक्राउ परेका छन् । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ३ सय ७० ट्याब्लेट स्पासपेन बरामद गरेको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.