Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

आत्मघाती गोलले पनि रोक्न सकेन बार्सिलोनाको जित

एजेन्सी। रियल बेटिसलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ ले हराएको हो। बार्सिलोनाले १९ खेलबाट ५० अंक बनाएको छ। एक खेल कम खेलेको रियल मड्रिडको ४२ अंक छ।

बार्सिलोनाको जितमा राफिना र लेवान्डोस्कीले गोल गरे। रियल बेटिसलाई जुलेस कुन्डेले एक गोल उपहार दिए। बेटिसका गोलरक्षक रुइ सिल्भाले उत्कृष्ट प्रर्दशन गरे पनि टोलीको हार टार्न सकेनन्। उनले गोल खानुअघि उत्कृष्ट तीन बचाउ गरेका थिए।

यो पनि पढनुस !!

खेलको ६५औँ मिनेटा राफिन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा रोबर्टो लेवन्डोस्कीले अग्रता दोब्बर पारे। ला लिगाका लागि सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले लिगमा १४औँ गोल गरेका छन्। ८५औँ मिनेटमा जुलेस कुन्डेले आत्मघाती गोल गरे।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.