Nepal Jana Khabar
हरेक जनताको खबर
९ चैत्र २०८२, सोमबार

आज क्वाटरफाइनल : ब्राजिल र क्रोएसिया भिड्दै, दोस्रोमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने

काठमाडौँ, २३ मंसिर। आज क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन् भने दोस्रोमा अर्जेन्टिनाले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ।
कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले क्रोएसियाको सामना गर्दैछ ।

एजुकेसन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे हुने पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुन लागेको हो । क्रोएसिया ब्राजिललाई हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ भने ब्राजिल अघिल्लो पटकको उपविजेता क्रोएसियालाई हराउँदै उपाधि यात्रामा लम्किने रणनीतिमा हुनेछ ।

क्वाटरफाइनल प्रवेश गर्ने क्रममा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोल अन्तरले पराजित गर्दा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यो पनि पढनुस !!

आजै राति हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२: ४५ बजे सुरु हुनेछ । अर्जेन्टिना अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो भने नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पाखा लगाएको थियो ।

यसअघि सन् २०१४ को विश्वकपको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको थियो । नेदरल्यान्ड्स सन् २०१४ को विश्वकपमा ब्यहोरेको हारको बदला लिन चाहन्छ भने अर्जेन्टिना फेरि जित निकाल्दै सेमिफाइनल प्रवेश गर्न ध्याउन्नमा रहनेछ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.