Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

दुई पालिकाको लगानीमा पक्की पुल निर्माण सुरु

तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण सुरु भएको छ

तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका जोड्न मितेरीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । म्याग्दे–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्न मितेरीखोलामा पक्की पुल बन्न लागेको हो ।

उक्त पुलको म्याग्देका अध्यक्ष मायादेवी राना र शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले बिहीबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । दुवै पालिकाको लागत साझेदारी रहने गरी पुल निर्माण गर्न लागिएको हो । विसं २०७९ मङ्सिर ५ गतेभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा कश्यप निर्माण सेवा प्रालिले पाएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कर सहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा पुल निर्माणको ठेक्का लागेको छ ।

पुल निर्माणका लागि दुवै पालिकाले रु ७० लाख २१ हजार ५७२ लगानी गर्नेछन् । पुल निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले रु ५० लाख सहयोग गरिसकेको छ । पुल नहुँदा यहाँका बासिन्दालाई वारपार गर्न समस्या हुँदै आएको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख गुरुङले यस ठाउँमा पुल निर्माण अति आवश्यक देखिएपछि दुवै पालिकाले सहकार्य गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार निर्माणले नगरपालिकाले प्राथमिकता दिँदै आएको उहाँको भनाइ थियो ।

अध्यक्ष रानाले प्राथमिकताका आधारमा गाउँपालिकाले विकास निर्माणका कामलाई तीव्रता दिएको बताउनुभयो । म्याग्देका उपाध्यक्ष बालकृष्ण घिमिरेले तोकिएकै समयमा गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द

बन्दीपुर गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गराइएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र सात जना विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले विद्यालयको पठनपाठन बन्द गराएको हो ।

कोभिड–१९ को जोखिम थप बढ्न सक्ने हुँदा आजदेखि पुस ७ गतेसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । साथै अन्य विद्यालयलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न, शैक्षिक भ्रमण, वार्षिकोत्सवलगायतका उच्च सङ्ख्यामा भौतिक उपस्थिति हुने कार्यक्रम नगर्न गाउँपालिकाले अनुरोध गरेको थापाले बताउनुभयो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.